एक जिल्लाबाट अर्को जिल्ला जान जारी गरिएका सबै सवारी पास खारेज

सफल खबर संवाददाता

मंगलबार, ३० बैशाख २०७७, १९ : १७
एक जिल्लाबाट अर्को जिल्ला जान जारी गरिएका सबै सवारी पास खारेज

फाईल फोटो

काठमाडौँ  । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी यसअघि जारी भएका सबै अस्थायी सबारी पास खारेज गरेको  छ । भाइरस संक्रमितको संख्या बढिरहेका बेला गृहले मंगलबार दिउँसो यो निर्णय गरेको हो ।

कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या बढ्न थालेपछि गृहले मंगलबार यस्तो  निर्णय गरेको हो । गृह मन्त्रालय स्रोतका अनुसार जेठ १ गतेबाट लागू हुनेगरी यस्तो  निर्णय गरिएको हो ।
सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहमन्त्रालयले जनाएको छ ।

यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए । 

सरकारी कर्मचारीको हकमा सम्बन्धित मन्त्रालयका सचिव र बैंक/वित्तीय संस्थालगायत क्षेत्रका कर्मचारीलाई नियामक निकायबाट जारी गरिएका छुट्टै पास लिएर मात्रै हिँडडुल गर्न दिन प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिइएको न्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस