कालोबजारीको आरोपमा चितवनको भाटभटेनीलाई १० हजार जरिवाना

प्रकाश सिग्देल

सोमबार, २९ बैशाख २०७७, १८ : ३४
कालोबजारीको आरोपमा चितवनको भाटभटेनीलाई १० हजार जरिवाना

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढमा रहेको भाटभटेनी सुपर मार्केटलाई १० हजार जरिवना गरेको छ ।

यस अघि गरिएको बजार अनुगमनका क्रममा बजार मूल्यभन्दा महंगोमा टमाटर बिक्री गरेको पाइएपछि स्थानीय प्रशासन एन २०२८ बमोजिम १० हजार जरिवना गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी ईश्वर सिम्खडाले बताउनु भयो ।

भाटभटेनीमा अनुगमनका क्रममा तरकारी फलफुलको मूल्य बजार मूल्यभन्दा बढीमा विक्री गरेको पाइएको थियो । खरिद बिल हेर्दा फलफुल भने महंगोमै खरिद गरेको देखिएको तर टमाटर भने बजार मूल्यभन्दा बढीमा बिक्री गरेको पाइएको थियो ।

भाटभटेनीले अनुगमन टोलि पुगेको दिन टमाटर प्रतिकेजी ८० रुपैयाँमा बिक्री गरेको र जुन बजार मूल्यभन्दा बढी रहेको पाइएपछि थप अनुसन्धान गरी स्थानीय प्रशासन एन २०२८ बमोजिम १० हजार जरिवना गरिएको उहाँ बताउनु हुन्छ । 

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खेमराज पौडेलको नेतृत्वमा सो दिन अनुगमन भएको थियो । सो अनुगमनका क्रममा बजारमा फलफुलको व्यापार गर्ने ४ व्यवसायीले कालोबजारी गरेको पाइएपछि उनिहरुलाई पनि प्रशासनले धरौटी तिराएको छ ।

प्रतिक्रिया दिनुहोस