एजेन्सी । विश्वव्यापी महामारी बनेको कोरोना भाइरस (कोभिड १९) को उद्गमस्थल चीनको वुहानमा एक महिनापछि कोरोना संक्रमित भेटिएको छ । शनिबार नयाँ संक्रमित भेटिएको बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ ।
वुहानमा मे ३ तारिखयता कोरोना भाइरसका नयाँ संक्रमित देखिएका थिएनन् । विश्वमै पहिलो कोरोना भाइरस संक्रमितका रुपमा गत डिसेम्बरमा वुहानमा बिरामी भेटिएका थिए ।
चीनको नेशनल हेल्थ कमिसनका अनुसार शनिबार देशभर १४ जना नयाँ संक्रमित भेटिएका छन् । शुक्रबार एक जना मात्र नयाँ संक्रमित भेटिएका थिए ।
नेशनल हेल्थ कमिसनले सुलान शहरमा बुधबार संक्रमण पुष्टि भएकी एक महिलाबाट ती व्यक्तिहरुमा संक्रमण फैलिएको र संक्रमित सबैमा कोरोना भाइरस संक्रमणका कुनै लक्षण नदेखिएको जनाएको छ।
चीनमा हालसम्म ८२ हजार ९ सय १ जना संक्रमित भएका छन् । तीमध्ये चार हजार ६ सय ३३ जनाको ज्यान गएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २८ बैशाख २०७७, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
चीन र उत्तर कोरियाबीच सहकार्य विस्तार गर्ने सहमति
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट