एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण सबैभन्दा धेरै मानिसको ज्यान जाने देशको सूचिमा बेलायत दोस्रो स्थानमा पुगेको छ । बेलायतमा इटालीमा भन्दा धेरै व्यक्तिको मृत्यु भएको हो ।
जोन हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार बेलायतमा अहिलेसम्म २९ हजार ५सयभन्दा बढीको कोरोना भाइरसका कारण मृत्यु भएको छ । इटालीमा मृत्यु हुनेको संख्या २९ हजार ३ सय १५ रहेको छ ।
चीनपछि सबैभन्दा खराब रुपमा इटालीमा महामारी फैलिएको थियो । तर पछिल्लो समय इटालीमा संक्रमण तथा मृत्युदर नियन्त्रणमा आउने क्रममा छ । महामारीको उच्च तह पार गरेको बेलायतमा भने अझै पनि संक्रमण र मृत्युदर तुलनात्मक रुपमा बढी रहेको छ ।
स्पेनमा अहिलेसम्म कोभिड–१९ बाट २५ हजार ६ सय १३ तथा फ्रान्समा २५ हजार ५ सय ३७ जनाको ज्यान गएको छ। विश्वमा सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा ७१ हजार भन्दा बढीको मृत्यु भइरसकेको छ । अझै पनि अमेरिकामा दैनिक एक हजार भन्दा बढीको मृत्यु भएको छ भने हजारौं संक्रमित थपिने क्रम जारी छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति
नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत
प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बेलायतको घोषणा
बेलायतको संसदीय अभ्यासबारे अनुभव आदानप्रदान गरी लगानी प्रवर्द्धन गरिने
‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’
बेलायतमा शरण खोज्ने आप्रवासीको संख्यामा वृद्धि