ओली र प्रचण्डबीच भेटवार्ता

मंगलबार, २३ बैशाख २०७७, १५ : २९
ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज मंगलबार बिहान भएको भेटमा स्थायी कमिटीमा लैजाने नेकपाको प्रस्तावका विषयमा छलफल भएको नेकपाका एक नेताले जानकारी दिए ।

प्रचण्डपछि ओलीले वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालसँग पनि भेटवार्ता र छलफल गरेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस