नेपालमा थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८२ पुग्यो

सफल खबर संवाददाता

मंगलबार, २३ बैशाख २०७७, ०८ : ०५
नेपालमा थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८२ पुग्यो

काठमाडौं । नेपालमा मंगलबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अन्चल अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले जनाएको छ । 

नयाँ थपिएको ७ जना संगै नेपालका कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । कोभिड १९ नयाँ संक्रमित हुनेहरु सबै नेपालगंज उपमहानगरपालिका वडा नम्बर ८ निवासी रहेका छन् ।

मन्त्रालयका अनुसार संक्रमितहुनेहरुमा २२, ३०, ४० वर्षका पुरुष छन भने ०९, ३२, ३४, ५५ वर्षका महिला रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको छ भने सबै संक्रमितहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ । यस अघि नेपालगंजकै १६ जनामा कोरोना देखिएको थियो । 

प्रतिक्रिया दिनुहोस