चितवनबाट बाहिर जान सवारी पास नपाइने

सोमबार, २२ बैशाख २०७७, १७ : २७
चितवनबाट बाहिर जान सवारी पास नपाइने

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले चितवनबाट बाहिरी जिल्ला जानको लागि सवारी पास नपाइने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार जरुरी सूचना सार्वजनिक गर्दै बाहिरी जिल्ला जानको लागि पास जारी नहुने जनाएको हो ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई नियन्त्रण गर्न नेपाल सरकारबाट जारी बन्दाबन्दी (लकडाउन) को प्रभावकारी कार्यान्वयनका लागि बाहिरी जिल्लाको सवारी पास बन्द गरिएको जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस