फ्रान्स, इटली र स्पेनमा दैनिक रुपमा मृत्यु हुनेको दर घट्यो

सोमबार, २२ बैशाख २०७७, १२ : ४५
फ्रान्स, इटली र स्पेनमा दैनिक रुपमा मृत्यु हुनेको दर घट्यो

एजेन्सी । फ्रान्स, इटली र स्पेनमा दैनिक रुपमा मृत्यु हुनेको दर घट्न थालेको छ । फ्रान्समा आइतबार १ सय ३५ ले ज्यान गुमाए, स्पेनमा मध्य मार्चयताकै सबैभन्दा कम  १ सय ६४ र इटलीमा दुई महिनायताकै कम १ सय ७४ जनाले ज्यान गुमाए । 

यता, रुसमा भाइरस थप फैलिरहेको छ र १० हजार नयाँ व्यक्तिमा संक्रमण देखिएको छ । यद्यपी, रुमको मृत्युदर अन्य देशको दाँजोमा निकै कम छ । रुसमा आइतबार ५८ जनाको मृत्यु भयो र कुल संख्या १ हजार २ सय ८० पुग्यो । यहाँ, १ लाख ३४ हजारभन्दा धेरैमा संक्रमण देखिइसकेको छ ।

बेलायतमा आइतबार थप ३ सय १५ जनाको मृत्यु भएको छ । यहाँ, कुल २८ हजार ४ सय ४६ जनाको मृत्यु भइसकेको छ । अमेरिका र इटलीपछि बेलायत धेरै व्यक्तिको मृत्यु हुनेमा तेस्रो स्थानमा छ । 

विश्वभर झन्डै ३५ लाखमा संक्रमण देखिएको पुष्टि भइसकेको छ र २ लाख ५० हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस