चितवन । वनमा उम्रिएको च्याउ खाँदा भरतपुर महानगरपालिकाका पाँच जना बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका–२९ जुगेडीमा एकै परिवारका पाँच जना बिरामी परेका हुन् ।
कार्यालयका अनुसार बिरामी हुनेमा ५५ वर्षीय वीरबहादुर चेपाङ, उहाँको २५ वर्षीय छोरा सुमन चेपाङ, २२ वर्षीया बुहारी सिर्जना चेपाङ, छोरी १९ वर्षीया शर्मिला चोपाङ र १५ वर्षीया अञ्जना चेपाङ रहेका छन् । उहाँहरुले घर नजिकै रहेको वनबाट टिपेर ल्याएको च्याउ शनिबार साँझ खानुभएको थियो ।
च्याउ खाएसँगै बिरामी परेपछि आज बिहान उहाँहरुलाई भरतपुर अस्पतालमा उपचारका लागि ल्याइएको छ । वीरबहादुरको अवस्था गम्भीर रहेको र अन्यको सामान्य रहेको प्रहरीले जनाएको छ । गम्भीर वीरबहादुरको सघन उपचारकक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
विषालु च्याउ खाँदा जुम्लामा एकै घरका पाँचजना बिरामी
जंगली च्याउको तरकारी खाँदा दिदीभाइको मृत्यु
जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा एकै परिवारका ५ जना बिरामी
थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद
विषालु च्याउको तरकारी खाँदा एकै परिवारका ३ जना बिरामी
अछाममा जङ्गली च्याउ खाँदा तीन बालबालिका बिरामी