CG Landmark
लकडाउन विशेष

जानी राखौं : महाभारतमा कति सेना प्रयोग भएका थिए, उनीहरुलाई खाना तथा बसाईको व्यवस्था कसरी मिलाईन्थ्यो ?

आइतबार, २१ बैशाख २०७७, ०९ : ५८
जानी राखौं : महाभारतमा कति सेना प्रयोग भएका थिए, उनीहरुलाई खाना तथा बसाईको व्यवस्था कसरी मिलाईन्थ्यो ?

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिले विश्व नै आक्रान्त छ । यसको रोकथाम तथ सतर्कता लागि भन्दै विश्वव्यापी रुपमै अधिकांश देश ठप्प भएको जस्तो अवस्थामा पुगेको छ । कोरोनाले मानव अस्तित्व नै सकटमा पर्ने हो कि भन्ने एक किसिमको कुरा पनि उठन थालेको छ ।

यसको संक्रमण फैलन नदिन अहिले विभिन्न देशले लकडाउन, क्वारेन्टाईन, आइसोलनबाट सर्वसाधारणलाई जोगाइरहेको छ । कोरोनासंग लड्ने मुख्य अस्त्रको रुपमा घरमै बस्नुपर्ने, सामाजिक दुरी कायम राख्नुपर्ने अवस्थामा मानिस छन् । यो अवस्थाबाट नेपाल पनि अछुतो छैन । ७ हप्ता यता मानिसहरु घरभित्रै थुनिन बाध्य छन् ।

Yeti Diistillery Tansen Cement box

कहि कतै बाहरि निस्कन नपाउदा उकुसमुकुसको अवस्थामा नागरिक छन् । यस्तो अवस्थामा कतिपय मानिसहरु ईतिहास, भुगोल, धर्मशास्त्र अध्ययन तर्फ पनि केन्द्रित भएका छन् । यस्तै हामीले तपाईको जानकारीका लागि धर्मशास्त्र महाभारत तर्फ लिएर जादैंछौं । महाभारतको युद्धमा लाखौं मानिसहरु सहभागी रहेको किम्वदन्ती छ । तर त्यस्तो युद्ध हुँदा पनि उनीहरुको बसाई तथ खानेकुराको व्यवस्था कसरी  हुन्थ्यो त ?

महभारतका कुरुक्षेत्रमा भएको महाभारतको युद्धमा लाखौँ सैनिकहरुले भाग लिएका थिए । तर तिनीहरुलाई खानेकुराको व्यवस्था कसरी हुन्थ्यो भन्ने कुरा धेरै कमलाई मात्र थाहा होला । हजारौँ मानिसहरु दैनिक मरेका थिए तर दिन दिनै कसरी खानेकुराको व्यवस्था हुन्थ्यो भन्ने कुराले सबैलाई अचम्मित बनाउँदछ । आज हामी तपाईलाई त्यसबारेका  बारेमा जानकारी दिनेछौँ ।

युद्धमा ४५ लाख भन्दा अधिक सैनिक
श्रीकृष्णका १ अक्षौहिणी नारायणी सेना मिलाएर कौरवसँग ११ अक्षौहिणी सेना थिए भने पाण्डवसँग ७ अक्षौहिणी सेना थिए । यसैप्रकारले सबै महारथीका सेनाहरु सहित ४५ लाख भन्दा धेरै सेना थिए ।

उडुपीका राजा बनाउँथे खाना
महाभारत युद्धको घोषणा भएपछि सबै राज्यले आ आफ्नो पक्ष चुने । कोहि कौरव तिर त कोहि पाण्डव तिर । तर केहि राजाहरु भने तटस्थ रहँदै उक्त सेनाहरुको लागि खाना बनाउने काम रोजे । त्यसमध्येका एक थिइ उडुपीका राजा । उनले भगवान श्रीकृष्णले भने पछि भोजन बनाउने काम मात्र गरेका थिए ।

कसरी तय हुन्थ्यो भोजनको मात्रा

उडुपीका राजालाई खाना प्रतिदिन कसरी बनाउने भन्ने चिन्ताले सताइरहेको बेला श्रीकृष्णले उपाय बताएका थिए । जसका कारण खाना कुनै दिन धेरै भएन पनि र थोरै पनि भएन ।

यसरी निस्किएको थियो हल
युद्ध सकिएपछि युधिष्ठिरले भने तपाई कसरी ठिक्क हुने खाना बनाउनु हुन्थ्यो ? त्यसपछि उडुपका राजाले त्यसको श्रेया भगवान श्रीकृष्णलाई दिए । उनले भने भगवान श्रीकृष्णले हरेक बिहान बदाम खानुहुन्थ्यो । त्यो दृश्य म सधैँ हेर्ने गर्दथेँ । यदि भगवानले १० वटा बदाम खानुभयो भने म बुझ्थेँ कि आज १० हजार सैनिक मारिँदै छन् । त्यसै गरि म अर्को नि १० हजार सैनिकलाई कम हुने खाना बनाउँथे ।

आवासको व्यवस्था कसरी मिलाईएको थियो ?
युद्धमा त्यत्रो सेनाहरु सहभागी हुँदा साँझको सूर्यास्त भएसंगै उनीहरु सामुहिक रुपमा बनाईएको सानो छाप्रो तथा खुला स्थानमै रात बिताउने गर्दथे । 

कर्नाटकको मठ
भनिन्छ, कर्नाटकको उडुपी जिल्लामा स्थित श्रीकृष्ण मठमा यो कथा हरेक दिन सुनाइन्थ्यो । यस मठको स्थापना स्वयं उडुपीका नरेशले गरेका थिए । या किम्बदन्ती अहिले पनि यो जिल्लामा अध्ययन तथा स्थानियबाट सुन्न पाईन्छ ।