नेकपा सचिवालय बैठक ४ बजे बस्ने

शनिबार, २० बैशाख २०७७, १२ : ०७

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज शनिबार साँझ ४ बजे बस्ने भएको छ ।

आजको बैठकमा उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने ठोस प्रस्ताव ल्याउनेबारे र स्थायी कमिटी बैठक आह्वान गर्नेबारे छलफल हुने नेकपा स्रोतले बताएको छ ।  

सरकारले अध्यादेश जारी गरेसँगै विवादमा परेको नेकपामा प्रधानमन्त्री ओलीको विकल्प खोजी भइरहेको छ । स्थायी कमिटी बैठक बोलाएर प्रधानमन्त्रीको विकल्प खोज्नुपर्ने पक्षमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेता माधवकुमार नेपाल पक्षको माग छ । सरकार एकलौटी चलाएको र अलोकप्रिय हुँदै गएको उनीहरूको आरोप छ ।

यसअघिको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई कोरोना संक्रमण सकिएपछि प्रधानमन्त्री र नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्षको प्रस्ताव गरेपछि रोकिएको थियो । 

प्रतिक्रिया दिनुहोस