लायन्स क्लब अफ चितवन पर्साको अध्यक्षमा धर्मराज उप्रेती चयन

बुधबार, १७ बैशाख २०७७, १८ : ५१
लायन्स क्लब अफ चितवन पर्साको अध्यक्षमा धर्मराज उप्रेती चयन

- आशिष उप्रेती
चितवन । लायन्स क्लब अफ चितवन पर्साको अध्यक्षमा धर्मराज उप्रेती चयन भएका छन् । आज भएको क्लवको चौथो अधिबेशनबाट वर्ष २०२०/२१ का लागि नयाँ समिति चयन गरेको हो ।  

क्लबको प्रथम उपाध्यक्षमा कबिर श्रेष्ठ, द्धितिय उपाध्यक्षमा बिकाश अर्याल, तृतीय उपाध्यक्षमा अमृत अर्याल, सचिवमा राजु चौधरी र कोषाध्यक्षमा सुदन गिरी चयन भएका छन् । हाल बिश्व भरी फैलिएको कोरोना भाईरसको कारणले गर्दा लकडाउनको नियम पालना गर्दै अनलाइन भिडियोबाट अधिबेशन गरिएको क्लबका हालका अध्यक्ष धनबिर चौधरीले जानकारी दिनुभयो । २०१८/१९ का लियो क्लब अफ चितवन पर्साका पुर्ब अध्यक्ष रुपेश भट्टद्वारा नया समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।

निर्वाचित अध्यक्ष धर्म राज उप्रेतीले आफ्नो कार्यकालमा क्लबलाई नयाँ गति दिने प्रतिबद्धता जनाए । साथै उहाले कोरोना भाईरसबाट बच्न साबधानिको उपाय अपनाउन र सरकारले लागु गरेको लकडाउनको पूर्ण पालना गरी घरमा नै सुरक्षित रहन समेत सम्पुर्णमा आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस