कोरोना सन्त्रास : भारतमा मृतकको संख्या १ हजार नाघ्यो

बुधबार, १७ बैशाख २०७७, १० : ०१
कोरोना सन्त्रास  : भारतमा मृतकको संख्या १ हजार नाघ्यो

एजेन्सी । कोरोना भाइरसले विश्वलाई नै आक्रान्त बनाईरहेका बेला भारतमा पनि यसको संक्रमण र मृत्यु दर बढदै गएको छ । 

भारतिय संचारमाध्यमहरुका अनुसार भारतमा कोरोना भाइरसको संक्रमणबाट अहिले सम्म  मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । भारतमा कोभिड–१९ बाट भारतमा एक हजार ७ जनाको ज्यान गइसकेको संचारमाध्यमहरुले उल्लेख गरेका छन् । 

यस्तै संक्रमितको संख्या पनि ३० हजार भन्दा बढी पुगेको छ ।  हालसम्म कुल संक्रमितको संख्या कम्तिमा ३० हजार ३ सय २५ रहेको छ । त्यसमध्ये सात हजार ६ सय ९५ जना निको भएर घर फर्किएका छन् । भारतमा सबैभन्दा संक्रमण महाराष्ट्र प्रान्तमा देखिएको छ ।

कोभिड १९ को संक्रमण फैलद नदिन भारतको केन्द्रिय सरकार देखि प्रान्तिय सरकारहरुले विभिन्न क्षेत्र,टोल, शहर सिल गर्नुका साथै देशभरि नै लकडाउन घोषणा गरेको छ । तर यसका संक्रमण पछिल्ला दिनहरुमा बढ्दै गएको छ । 

प्रतिक्रिया दिनुहोस