एजेन्सी । बेलायतका चिकित्सकहरुले केही बालबालिकामा अति सामान्य लक्षण देखिएको र त्यसमध्ये केहीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाले सचेत हुन आग्रह गरेका छन् । कोरोना संक्रमणको जोखिम फरक लक्षणसहित आउन सक्ने भन्दै बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा अन्तर्गतका डाक्टरले त्यस्तो चेतावनी दिएका हुन् ।
गम्भीर बिरामी परेका बिरामीमा ‘मल्टी–सिस्टम इन्फ्लामेसन’ सहित फ्लूका लक्षणहरु देखिएको डाक्टरको भनाई छ । समध्ये केहीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाले सचेत हुनु पर्ने उनीहरुले बताएका हुन् । यस्तो समस्या देखिने बालबालिकाको यकिन संख्या थाहा भएको छैन, तर संख्या कम रहेको भने बताइएको छ ।
पछिल्ला केही दिनदेखि मात्रै बालबालिकामा असामान्य लक्षण देखिने र उनीहरु गम्भीर बिरामी पर्ने गरेको रिपोर्ट आएको एनएचएस इंग्ल्याण्डका मेडिकल डिरेक्टर स्टिफन पोविसले बताएका छन् । यसबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
समान उमेर समूहका बालबालिकामा उच्च ज्वरो, रक्तचाप कम, शरीरमा धब्बा तथा स्वासप्रस्वासमा समस्यासहितका समान लक्षण देखिएका हुन् । केहीमा पेट दुख्ने, वान्ता हुने वा झाडा लाग्नेसहितका लक्षण पनि देखिएका छन् । यसैगरी मुटु सुन्निनेसहितका लक्षण देखिएको डाक्टरले बताए ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति
नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत
प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बेलायतको घोषणा
बेलायतको संसदीय अभ्यासबारे अनुभव आदानप्रदान गरी लगानी प्रवर्द्धन गरिने
‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’
बेलायतमा शरण खोज्ने आप्रवासीको संख्यामा वृद्धि