– नरेन्द्रसिंह कार्की
दार्चुला । महाकाली नदीमा बगेकी एक महिलालाई प्रहरीले जीवितै उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत कोहलपुर पठाएको छ । जिल्ला सदरमुकाम खलङ्गाको तिङ्कर खेडा नजिकैबाट बगेकी व्यास गाउँपालिका–१ का ३० वर्षीया सपना ऐतवाललाई आज विहान प्रहरीले जीवितै उद्धार गर्न सफल भएको हो ।
ती महिलालाई जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत कोहलपुर पठाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।
नदीमा महिला बगिरहेको देखेपछि तत्काल प्रहरीले जिल्ला अस्पताल नजिकैबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयाका प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर शाहीले बताउनुभयो ।
झण्डै एक किलोमिटर बगेकी महिलाको जिल्ला अस्पताल दार्चुलामा उपचारपछि थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको जिल्ला अस्पताल चिकित्सक गजेन्द्र दुवालले बताउनुभयो । “अझै गम्भीर अवस्थामा हुनुहुन्छ”, उहाँले भनुभयो, “समयमै उपचार पाउन सक्यो भने बचाउन सकिन्छ ।”
जिल्ला अस्पालमा झण्डै पाँच घण्टा उपचारपछि थप उपचार गर्न कोहलपुर पठाइएको छ । उहाँलाई सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर लगिएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाउन भरतपुर महानगर र गाउँपालिकाको सहकार्य
नदी कटान नियन्त्रण गर्न बजेट अभाव
कालीगण्डकीको बाढीबाट जोगाउन नदी नियन्त्रण योजना
नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रहरीको निगरानी
पाल्पामा नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
बागमती नदीबाट एक व्यक्तिको उद्धार