अफगानी राष्ट्रपति कार्यालयका कर्मचारीलाई पनि कोरोनाको सङ्क्रमण

एजेन्सी

सोमबार, ०८ बैशाख २०७७, २१ : ५५
अफगानी राष्ट्रपति कार्यालयका कर्मचारीलाई पनि कोरोनाको सङ्क्रमण

काठमाडौं । अफगानिस्तानको राष्ट्रपति कार्यालयमा कार्यरत कर्मचारीहरुलाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको छ । सरकारी उच्च अधिकारीहरुले नाम सार्वजनिक नगर्ने सर्तमा दिएको जानकारी अनुसार राष्ट्रपति कार्यालयका कम्तीमा २० जना सङ्क्रमित भएका छन् ।

सङ्क्रमण भएकाहरुसँग राष्ट्रपति अशरफ घानीको सम्पर्क भएको थियो कि थिएन भन्ने बारेमा एकीन नभएको उनीहरुको भनाइ छ । राष्ट्रपति कार्यालयका कर्मचारी नै कोरोनाभाइरसबाट सङ्क्रमित भएको विषयमा राष्ट्रपति कार्यालयले भने कुनै प्रतिक्रिया दिएको छैन ।

क्यानसर रोगबाट पिडित ७० बर्षीय घानी कोरोनाभाइरसको सङ्क्रमणको उच्च जोखिममा रहेको बताइएको छ । अफगानिस्तानमा सोमबारसम्म ९९३ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । उनीहरु अधिकांश विदेशबाट आएकाहरु रहेका छन् । अफगानिस्तानका झण्डै दुई लाख नागरिक पछिल्लो दुई महिनामा इरानबाट स्वदेश फर्किएका थिए । 

उनीहरु आएको देश इरान कोरोनाभाइरसबाट अत्यधिक प्रभावित देशमा पर्दछ । इरानमा अहिलेसम्म ८२ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने पाँच हजारभन्दा बढीको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस