प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

शनिबार, ०६ बैशाख २०७७, १७ : १८
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता जारी छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड शनिबार अपरान्ह ४ बजेतिर पुगेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । 

भेटमा कोरोना भाइरसपछिको संकटको अवस्था, लकडाउनका कारण मजदुरमा परेको समस्यालगायतका समसामयिक विषयमा कुराकानी हुनेछ ।

प्रतिक्रिया दिनुहोस