नक्कली पास लिनुभयो ? होसियार ! अब मृत्यु संस्कार बाहेकले पास नपाइने

सफल खबर संवाददाता

विहीबार, ०४ बैशाख २०७७, ०८ : ०३
नक्कली पास लिनुभयो ? होसियार ! अब मृत्यु संस्कार बाहेकले पास नपाइने

फाईल फोटो

वैशाख  । तपाईले लकडाउनमा सवारी चलाउन भन्दै नक्कली पास बनाउने र नक्कली विवरण बुझाएर पास लिने गर्नुभएको छ । होसियार, अब त्यसो गर्नुभयो भने प्रहरीले सिधै कारवाही गर्ने छ । नक्कली पास लिने र नक्कली विवरण बुझाएर पास लिने क्रम बढेपछि प्रहरी यसविरुद्ध आक्रामक भएर लागेको छ ।
महानगरीय टफिक प्रहरीले अब धमाधन कारवाही थालेको छ । 

कोरोना भाईरस संक्रमण नियन्त्रण तथा रोकथामको लागि लागू भएको लकडाउनको अबधीमा पास लिएर गुड्ने सवारी साधनहरुले पासको दुरुपयोग पनि गरेको पाइएको छ । लकडाउन अबधिमा पास लिएर समेत धेरै संख्यामा सवारी साधन गुड्ने गरेकाले ट्राफिक प्रहरीले त्यस्ता सवारीलाई कडाई गर्न लागेको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पासको दुरुपयोग भएकाले कडाई थालेको बताउँदै अब मृत्यु संस्कारबाहेकलाई पास नदिने बताएका छन् ।

सम्बन्धित व्यक्तिको अनुरोधमा निश्चित प्रयोजन र समायबधीका लागि भनि तोकिएको पासलाई अर्कै प्रयोजन र जुनसुकै समयमा समेत प्रयोग गरेको पाइएकोले त्यस्ता सवारी साधनहरुलाई ट्राफिक प्रहरीले कडाइका साथ चेकजाँच र कारबाही गर्ने महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए  । उनले अत्यावश्यक काम बाहेक अन्य समयमा समेत घुमफिर गर्न, भेटघाट गर्न, अनावश्यक रुपमा अबस्था हेर्न, पास छ भनेर शान देखाउदै हिड्ने सवारी साधनहरु गुडेको भेटिएका छन । अब त्यस्ता सवारी साधनलाई ट्राफिक प्रहरीले निग्रानी बढाउनुको साथै दुरुपयोग गरेको पाइए कारबाही गरिने समेत बताए ।

हालसम्म लकडाउन उल्लंघन गर्ने ८ हजार ९७४ सवारी साधन होल्ड तथा १ हजार ८४६ वटा पासको दुरुपयोग गरि गुडेका सवारी साधनको पासलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसै गरी लकडाउनको समयमा २१ जना मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई समेत कारबाही गरिएको महाशाखाका प्रबक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए । उनले भने, अनावश्यक हिड्डुल गर्न र पासको दुरुपयोगसमेत रोक्नका लागि सिभील प्रहरी खटाउनुको साथै सिसिटिभीबाट समेत निग्रानी गरिनेछ ।लकडाउनको अबधीमा मापसे गरि सवारी चलाउने, तिब्र गतिमा गुड्ने लगायत अन्य ट्राफिक नियमको पालना नगर्ने सवारी साधनहरुलाई कारबाही गरि लकडाउन अबधीभर होल्ड गरिने ।

ट्राफिक प्रहरी महाशाखाले उपत्यकमा दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखि चेकजाँचको व्यबस्था मिलाएको छ भने अन्य स्थानहरुमा संयुक्त चेकजाँच समेत हुने गरेकोछ । चेकजाँचको क्रममा ट्राफिक प्रहरीले पास भए नभएको अलवा पासको प्रयोग, अनुमतिप्राप्त व्यक्ति लगायत थप सोधपुछ समेत गर्नेछ ।

ट्राफिक प्रहरी महाशाखाले तिब्रगतिमा सवारी नचलाउन र ट्राफिक नियमको पुर्ण पालना गर्न सबैमा अनुरोध समेत गरेकोछ ।

सवारी पासमा कडाई 
जिल्ला प्रशासन कार्यालय काठमाडौँले पासमा कडाई गरेको छ । मृत्यु संस्कारमा जाने बाहेक अन्य सवारी पास नदिने भएको छ । यसअघि अत्यावश्यक कामका लागि पास दिने गरिएको थियो ।  एक सूचना जारी गर्दै प्रशासनले यस्तो नियम लागू गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस