सिलिन्डर घर–घरमा,  बुलेटले ग्यास खन्याउन पाएनन्

मंगलबार, ०२ बैशाख २०७७, ०८ : २६
सिलिन्डर घर–घरमा,  बुलेटले ग्यास खन्याउन पाएनन्

काठमाडौं । सर्वसाधारणले चाहिनेभन्दा बढी ग्यास किनेर घरमा थुपार्दा भारतबाट ग्यास बोकेर आएका बुलेट उद्योगहरुमा थन्किन थालेका छन् । खन्याउन भाँडो नभएर उद्योग परिसरमा आइपुगेका ग्यास बुलेट थन्किएका हुन् । 

धादिङका १३ ग्यास उद्योगले करिब १० लाख सिलिन्डर बजार पठाएका छन् । यी उद्योगले सामान्य अवस्थामा दैनिक २० हजार सिलिन्डर बजार पठाउँछन् । ग्यासका बुलेट आउने तर बजार पठाइएको सिलिन्डर नआउँदा समस्या भएको उद्योग सञ्चालकहरुको भनाइ छ । आजको नागरिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस