थप दुई जनामा कोरोना सङ्क्रमण फेला

सोमबार, ०१ बैशाख २०७७, १६ : ४३
थप दुई जनामा कोरोना सङ्क्रमण फेला

काठमाडौँ । नेपालमा कोभिड –१९ को  सङ्क्रमण थप दुई जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कैलालीको लम्की र रौतहटमा एकएक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । 

यससँगै नेपालमा १४ जना कोरोना सङ्क्रमित  भएको पाइएको छ  । उनीहरु दुवै  भारतबाट आएको जनाइएको छ । उहाँले केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा उनीहरुलाई सङ्क्रमण देखिएको जानकारी दिनुभयो । 

सङ्क्रमितमध्ये रौतहटका १९ वर्षीय पुरुष तथा लम्कीकी ६५ वर्षीया महिला हु्न । ती महिला भने लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेकी छन् । अहिलेसम्म कैलालीमा छ, बागलुङ र  काठमाडौँमा दुईदुई तथा  रौतहटमा एक र पर्सामा तीन कोरोना सङ्क्रमित फेला परेका छन् ।  (रासस)