विरगञ्जमा भेटिएका तीन कोरोना संक्रमित गएका स्थान पहिचान गरी कन्ट्याक्ट ट्रेसिङ सुरु

आइतबार, ३० चैत्र २०७६, १४ : ००
विरगञ्जमा भेटिएका तीन कोरोना संक्रमित गएका स्थान पहिचान गरी कन्ट्याक्ट ट्रेसिङ सुरु

 
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विरगञ्जमा भेटिएका तीन कोरोना संक्रमितहरुको संसर्ग भएका र उनीहरु गएका स्थान पहिचान गरी कन्ट्याक्ट ट्रेसिङ सुरु भएको जनाएको छ । 

‘पर्साको विरगञ्ज महानगरपालिका, वडा न. २, छपकैया स्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको परीक्षण गर्दा त्यस मध्ये तीन जना वर्ष ३७, ५५ र ४४ का पुरुषहरूलाई कोभिड–१९ को शंका लागि नारायणी अस्पताल, वीरगन्जमा आईसोलेशनमा राली निजहरूको समेत थ्रोट स्वाब किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौंडाको ल्याबमा परीक्षण गरिएको थियो । उक्त परीक्षणमा २१ जना मध्ये शंकास्पद तीन जनाको पोजिटिभ देखिएपछि पुनः एकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार पुनः परीक्षण गरिएकोमा त्यहाँबाट समेत पोजिटिभ देखिएको हुँदा निजहरुको संसर्ग र निजहरू गएको स्थान पहिचान गरी कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्यहरु भैरहेको व्यहोरा जानकारीका लागि अनुरोध छ’ स्वास्थ्य मन्त्रालयले भनेको छ ।