युवाहरुले बाँडे ग्रामीण क्षेत्रमा मास्क, साबुन र पन्जा

आइतबार, ३० चैत्र २०७६, ०८ : ३९
युवाहरुले बाँडे ग्रामीण क्षेत्रमा मास्क, साबुन र पन्जा

जनकपुर । ग्रामीण क्षेत्रका जनताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर जनकपुरका युवा समाजसेवी राजेश महतोले मास्क,साबुन र पन्जा वितरण गरेका छन् ।

केही शैक्षिक संस्था तथा कलेजका सञ्चालकसमेत रहेका महतोले धनुषा हंसपुर नगरपालिका– ७ नौवाखोर पर्साहीमा पाँच हजार थान मास्क र चार हजार थान साबुन वितरण गरेका छन् । त्यसैगरी, किराना पसल तथा व्यापारीहरूलाई हजार थान पन्जा वितरण गरेका छन् । 

सहरी क्षेत्रमा केही संघसंस्थाले मास्क तथा राहतका सामग्री वितरण गरे पनि ग्रामीण क्षेत्रका जनताले अझैसम्म मास्क र राहत पाएका थिएनन् । राहत सामग्री पाएपछि स्थानीयले महतोको प्रशंसा गरेका छन् । महतोले थप मास्क, साबुन र पन्जा वितरण गर्ने योजना रहेको बताए । नयाँ पत्रिका दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस