जाजरकोट । सुत्केरी भएको छ घण्टासम्म निरन्तर रक्तश्राव हुँदा डोल्पा ठुलीभेरी नगरपालिका–६ दुरगाउँ डोल्पाकी २२ वर्षीया लालुकुमारी रोकायको मृत्यु भएको छ ।
शुक्रबार बेलुकीसम्म सुत्केरीको ज्यान बचाउन धेरै प्रयास गरिएको र नजिकमा स्वास्थ्य संस्थासमेत नहुँदा बचाउन नसकिएको स्थानीयवासी लक्ष्मी कार्कीले जानकारी दिनुभयो । असुरक्षितरूपमा घरमै सुत्केरी भएकी रोकायलाई स्थानीय स्वास्थ्यकर्मी हरिबहादुर रोकायले सामान्य प्राथमिक उपचार गरेपनि बचाउन नसकिएको कार्कीले जानकारी दिनुभयो ।
मृतक रोकायले तेस्रो बच्चा जन्म दिएकी थिइन् । आमाको मृत्यु भए पनि छोरी स्वास्थ र राम्रो भएको बताइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु