कोरोना भाइरस बाट विश्वभरी  १६ लाख  ७ हजार ६२६ सङ्क्रमित, ९५ हजार भन्दा बढीको मृत्यु

एजेन्सी

शुक्रबार, २८ चैत्र २०७६, १८ : ४०
कोरोना भाइरस बाट विश्वभरी  १६ लाख  ७ हजार ६२६ सङ्क्रमित, ९५ हजार भन्दा बढीको मृत्यु

काठमाडौं । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १६ लाख ७ हजार  ६२६ सङक्रमित भएका छन् ।

यस प्रकोपबाट संंंसारभरि ९५ हजार ७९४ को मृत्यु भएको  छ । यसैबीच यस रोगबाट ३ लाख ५७ हजार १६४ जना भने निको भएका छन् । शुक्रबार मध्याह्नसम्मको  यो तथ्याङ्क विश्व स्वास्थ्य संगठनले सार्र्वजनिक गरेको हो ।