काठमाडौँ । असहाय बाच्छाबाच्छी संरक्षण अभियान , पशुपती क्षेत्र बिकास कोष, भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र सम्मिलित साझा अभियानले चक्रपथका विभिन्न स्थानबाट ८ वटा असहाय बाच्छाबाच्छीको उद्धार गरेको छ ।
पशुपती क्षेत्र बिकास कोष, एसपिसिआई लगायतका संस्थासंगको सहकार्यमा वाग्मती प्रदेश स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र समेतको सहभागितामा काठमाडौंको गौशालाबाट पशु उद्धार एम्बुलेन्स सहित गरिएको हो । बल्खु पुलबाट २ वटा तथा स्वयम्भुबाट ५ वटा र बालाजु बसपार्क नजिकबाट १ वटा असहाय बाच्छाको उद्धार गरिएको थियो ।
उद्धार कार्यमा पशुपती क्षेत्र बिकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल, एसपीसीए नेपालका अध्यक्ष बिकेश श्रेष्ठ तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख नारायण श्रेष्ठ तथा समाजसेवी आशिष प्रसाईं समेतको सहभागिता रहेको थियो ।
उपत्यकाभित्र रहेका सबै असहाय बाच्छाबाच्छीको उद्धार गर्ने र त्यसपछि सडकमा आउने जतिपनि बाछाबाछीको जिम्मेवारी स्थानीय नगरपालिकाले ब्यहोर्न आग्रह गर्दै प्रारम्भ गरिएको यस उद्धार कार्यमा साथ र सहयोगका लागि सबैसंग आग्रह गरिएको छ ।
दैनिक रुपमा उद्दार कार्य जारी हुने र बेवारिशे पशुको बारेमा उत्तम पुडासैनी ९८५११ ७५७७७ वा विकेश श्रेष्ठ ९८५११ ९७४२४ लाई खबर गर्न सकिने अभियानले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
थापाथलीमा डोजरको त्रासमा निसास्सिएका सपनाहरूः घर भत्किँदा टुटेको मान्छेको सहारा (फोटो फिचर)
बैजनी रङमा रंगिएको काठमाडौंः सडकमा पोखिएको वसन्तको मधुर सपना’ (फोटो फिचर)
काठमाडौँ महानगरले ‘दुई पाङ्ग्रे एम्बुलेन्स’ चलाउने
आज र भोलि काठमाडौँ-दुबई उडान हुँदै
धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने
चितवनविरुद्धको सुरुवातमै काठमाडौंले गुमायो दुई विकेट