‘कोभिड–१९’ बाट विश्वभरी  १४ लाख ४८ हजार १२३ सङ्क्रमित

एजेन्सी

बुधबार, २६ चैत्र २०७६, १९ : २६
‘कोभिड–१९’ बाट विश्वभरी  १४ लाख ४८ हजार १२३ सङ्क्रमित

काठमाडौँ । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १४ लाख ४८ हजार १२३ सङक्रमित भएका छन् । यस प्रकोपबाट संंंसारभरि ८३ हजार ४१६ को मृत्यु भएको  छ ।

यसैबीच यस रोगबाट ३ लाख ९ हजार १८३ जना भने निको भएका छन् । बुधबार साँझसम्मको यो तथ्याङ्क विश्व स्वास्थ्य संगठनले सार्र्वजनिक गरेको हो ।