काठमाडौं । पछिल्लो समय निकै चर्चामा रहेको खरिद प्रक्रिया प्रकरण र मिडियामा प्रकाशित त्यससम्बन्धी समाचारका कारण निकै नै लोकप्रिय रहेको डिजिटल भुक्तानी माध्यम ‘ई–सेवा’मा अविश्वास बढेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी विज्ञका रूपमा रहेका अस्गर अलीको लगानी रहेको ई–सेवाप्रति प्रयोगकर्ता नै सशंकित बनेका छन् ।
काठमाडौं प्रेसको समाचार साइटमा अनधिकृतरूपमा प्रवेश गरी समाचार हटाइएको प्रकरण बाहिरिएसँगै उनकै लगानीमा रहेको ई–सेवाले विश्वास गुमाएको हो । ई–सेवामा आफ्नो रकम सुरक्षित नहुने र दुरुपयोग हुनसक्ने आशंकामा प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा ‘लेट्स अनस्टल ई–सेवा’ अभियान नै चलाएका छन्, जुन अभियानले अत्यधिक मात्रामा समर्थन पाएको छ ।
सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमा प्रयोगकर्ताहरूले ई–सेवाप्रतिको विश्वास गुमेको बताउँदै अनइन्स्टल गरेको बताएका छन् । उनीहरूले आफूले अनइन्स्टल गर्दै गरेको तस्वीरसहित ‘लेट्स अनइन्स्टल ई–सेवा’ लेखेका छन् । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस