कोरोनाका कारण मृत्यु भएकाहरुको सूचना सरकारले लुकाएको हुनसक्ने विप्लवको आशंका

शनिबार, २२ चैत्र २०७६, १६ : ४२
कोरोनाका कारण मृत्यु भएकाहरुको सूचना सरकारले लुकाएको हुनसक्ने विप्लवको आशंका

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सूचना सरकारले लुकाएको हुनसक्ने आशंका व्यक्त गरेका छन् । 

शनिबार एक विज्ञप्ति जारी गर्दै विप्लवले यस्तो आशंका व्यक्त गरेका हुन् । कोरोनाका आशंकामा निजी क्षेत्रबाट चलेका अस्पतालले बिरामीको उपचार गर्न अस्वीकार गरेको र केहीको ज्यान समेत गएकाले सरकारले सूचना प्रणाली विश्वसनीय नदेखिएको उनको भनाइ छ ।

‘कोरोना आशंकामा निजी क्षेत्रबाट चलेका अस्पतालहरुले बिरामीको उपचार गर्न अस्वीकार गरेको र केहीको ज्यान समेत गएकाले सरकारको सूचनाप्रणालीमा विश्वसनीयता देखिएन’, विप्लवको विज्ञप्तिमा भनिएको छ, ‘बिरामीहरु कोरोना प्रभावित हुने र कोरोनाकै कारण मरेकाहरुको सूचना सरकारले लुकाएको हुनसक्ने आशंका बढेको देखियो ।’