पहिलो पटक नेपाल भित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण

शनिबार, २२ चैत्र २०७६, १३ : ३९
पहिलो पटक नेपाल भित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण

काठमाडौं । पहिलो पटक नेपाल भित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य मन्त्रालयले आज दिएको जानकारी अनुसार यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्तमा पनि कोरोना भाइरस सरेको पुष्टि भएको छ ।

आज धनगढीमा कोरोना भाइरसका थप तीनजना संक्रमित फेला परेपछि यो कुरा पुष्टि भएको हो ।