नेपालमा कोरोना भाइरसका थप तीनजना संक्रमित फेला

शनिबार, २२ चैत्र २०७६, १३ : २८
नेपालमा कोरोना भाइरसका थप तीनजना संक्रमित फेला

काठमाडौँ । नेपालमा कोरोना भाइरसका थप तीनजना संक्रमित फेला परेका छन् । मन्त्रालयले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत यो जानकारी दिएको हो । संक्रमित तीनैजना धनगढीका हुन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीय महिला (यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त) मा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ पुगेको छ ।

योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ ।