प्रभु बैंकद्वारा कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि १ करोड १ लाखको चेक हस्तान्तरण

विहीबार, २० चैत्र २०७६, १९ : २६
प्रभु बैंकद्वारा कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि १ करोड १ लाखको चेक हस्तान्तरण

काठमाडौं । प्रभु बैंक लिमिटेडले कोभिड–१९ नियन्त्रणका लागि स्थापना भएको सरकारी राहत कोषमा  १ करोड  १ लाख रुपैंया दिने भएको छ ।

कोरोना भाइरसको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार र विपन्न वर्गलाई खाधान्नको व्यवस्था लगायतका काममा सहयोग पुग्ने हेतुले यो सहायता रकम प्रदान गरेको बैंकले जनाएको छ । 

आज प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत  अशोक शेरचनले प्रधानमन्त्री कार्यालयका सचिव राम नारायण बिडारीलाई  कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु. १ करोड १ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । 

प्रभु बैंक लि. ले देशमा आईपर्ने संकट तथा असहज परिस्थितिको समयमा सामाजिक हितलाई ध्यानमा राख्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग उपलब्ध गराउँदै विभिन्न समाजपयोगी कार्यक्रमहरुमा  उपस्थिति जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस