कोरोना भाइरसले ३४ हजार जनाको ज्यान लियो, ७ लाख २१ हजार भन्दा बढी संक्रमित

सोमबार, १७ चैत्र २०७६, ०८ : २०
कोरोना भाइरसले ३४ हजार जनाको ज्यान लियो, ७ लाख २१ हजार भन्दा बढी संक्रमित

एजेन्सी । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या ३३ हजार ९६५ पुगेको छ । त्यस्र्तै यसको संक्रमणको चपेटामा  ७ लाख २१ हजार भन्दा बढीमा मानिस परेका छन् । 

पछिल्ला केही दिनयता अमेरिका तथा युरोप यसको प्रकोप बढेपछि संक्रमित तथा ज्यान गुमाउनेको संख्या अत्याधिक बढेको छ । अहिलेसम्म कोभिड–१९ बाट १ लाख ५१ हजार १ सय २८ जनामा देखिएको संक्रमण निको भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको संक्रमणका कारण हुने मृत्युदर अहिले ३.४ प्रतिशत रहेको छ । मौसमी फ्लूका कारण हुने मृत्युदर भने एक प्रतिशत भन्दा कम रहने गरेको थियो।

पछिल्ला केही दिनदेखि अमेरिकामा संक्रमतिको संख्या लगातार उच्चदरमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा १८ हजार ४ सय २६ जनामा नयाँ संक्रमण पुष्टि भएपछि अमेरिकामा कुल संक्रमितको संख्या एक लाख ४२ हजार चार पुगेको छ । यस्तै मृत्यु हुनेको संख्या २ हजार ४ सय ८४ पुगेको छ । यस्तै, इटालीमा १० हजार ७ सय ७९ जनाको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या ९७ हजार ६ सय ८९ रहेको छ।

चीनमा कुल संक्रमितको संख्या ८१ हजार ४ सय ३९ तथा मृत्यु हुनेको संख्या ३ हजार ३ सय छ । स्पेनमा ८० हजार १ सय १० संक्रमित भएका छन् भने ६ हजार ८ सय ३ जनाको मृत्यु भएको छ ।

जर्मनीमा संक्रमित ६२ हजार ९५ र मृत्यु हुनेको संख्या ५४१, फ्रान्समा संक्रमित ४० हजार १७४ र मृत्यु हुनेको संख्या २६ सय ६, इरानमा संक्रमित ३८ हजार ३०९ र मृत्यु हुनेको संख्या २६ सय ४० तथा बेलायतमा संक्रमित १९ हजार ५२२ र मृत्यु हुनेको संख्या १२ सय २८ रहेको छ । नोवेल कोरोना भाइरसका कारण हुने कोभिड–१९बृद्धबृद्धामा बढी घातक देखिएको छ। 

प्रतिक्रिया दिनुहोस