रुसलाई अमेरिकाको चेतावनी

आइतबार, ०६ फागुन २०७४, ०७ : ४५
रुसलाई अमेरिकाको चेतावनी

काठमाडौं । अमेरिकाले रुसमाथि सन् २०१७ मा विश्वभरी नै समस्या उत्पन्न गरेको ‘नोटपेट्या साइबर आक्रमण’ को आरोप लगाएको छ । उसले रुसलाई उक्त आक्रमणका लागि ‘अन्तर्राष्ट्रिय परिणाम’ भोग्नुपर्ने चेतावनीसमेत दिएको छ ।

यो साइबर आक्रमण वैश्विक स्तरमा फैलिनुभन्दा अघि यूक्रेन र रूसमा सुरू भएको थियो । जसका कारण हजारौं कम्प्यूटर र मल्टीनेशनल कम्पनी तथा इन्टरनेट सुविधायुक्त प्रतिष्ठानहरु प्रभावित भएका थिए ।

ह्वाइट हाउसले संक्षिप्त रूपमा जारी गरेको बयानमा जून २०१७ मा रूसी सेनाबाट इतिहासको सबैभन्दा विध्वंसक र नोक्सानदायक साइबर आक्रमणको सुरुवात भएको दाबी गरिएको छ । ‘‘यो एक अन्धाधन्द र अविवेकपूर्ण आक्रमण थियो । यसको अन्तराष्ट्रिय परिणाम झेल्नु पर्ने छ,’’ बयानमा भनिएको छ ।

यसैबीच ह्याकिङको एक अन्य घटनामा न्यूजर्सीको अमेरीकी डिस्ट्रिक्ट कोर्टले दुई जना रूसी ह्याकर्स भ्लादिमिर द्रिंकमान (३७) र दमित्री स्मिलिआनेतसलाई सजायको फैशला सुनाएको छ ।

अदालतले भ्लादिमिर द्रिंकमानलाई १२ वर्षका लागि र दमित्री स्मिलिआनेतसलाई ४ वर्षका लागि कारागार सजाय सुनाएको हो । सजाय सुनाइएका दुबै युवकले ह्याकिङ गरेर सूचना चोरेको अदालतसामु स्वीकार गरेको ‘वेब दुनियाँ डटकम’ ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस