यस्तो छ सुन तस्करीको ट्रान्जिट !

आइतबार, ०३ मंसिर २०७४, ०७ : ४८
यस्तो छ सुन तस्करीको ट्रान्जिट !

चीनसंग व्यापारिक नाका रसुवागढी सुन तस्करीको ट्रान्जिट प्वाईन्ट बन्दै गएको छ ।चीनसंग सीमा जोडिएका अन्य नाका सञ्चालन नहुँदा तस्करीले रसुवागढीलाई ट्रान्जिट बनाउँदै लगेका छन् ।

चीनको केरुङबाट रसुवागढी नाका हुँदै हरेक बर्ष ठुलो परिणामा सुन तस्करी भईरहेको छ ।शनिबार पनि रसुवागढी नाकाबाट १७ किलो सुनसहित चालक पक्राउ परेका छन् ।

चीनसंग व्यापारिक नाका रसुवागढी १७ किलो सुनसहित पार्वतीकुण्ड गाउँपालिका ५ पाजुङका ३१ बर्षका कार्साङदावा तामाङ पक्राउ परेका हुन् ।

चीनको केरुङबाट बा ११ च ७९१८ नम्बरको बोलेरोमा पल्स बटम बनाई सुन ल्याएको विशेष सुराकी पाएपछि गाडीको जाँच गर्ने क्रममा सुनसहित बोलेरोका चालक तामाङलाई पक्राउ गरिएको हो ।, यो खबर आजको नागरिकमा छ ।

 

प्रतिक्रिया दिनुहोस