काठमाडौं । डिस्चार्जपछि पनि प्रधानमन्त्री केपी शर्मा ओली चिकित्सककै निगरानीमा रहने भएका छन् । उनलाई त्रिवि शिक्षण अस्पतालले मिर्गौला प्रत्यारोपणको १० दिनपछि शुक्रबार साँझ डिस्चार्ज गरेको थियो ।
तर डिस्चार्जपछि पनि प्रधानमन्त्रीलाई सामान्य अवस्थामा फर्किन समय लाग्ने चिकित्सकहरुले बताएका छन् ।
उनका अनुसार प्रधानमन्त्रीलाई संक्रमणको जोखिम हुने भएकाले विशेष निगरानीमा राख्नुपर्ने प्रधानमन्त्रीका निजी चिकित्सक दिव्यासिंह शाहले बताइन् ।
प्रधानमन्त्रीका निजी चिकित्सक शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘डिस्चार्जपछि पनि उहाँ समयसमयमा नियमित फलोअपमा रहनु पर्नेछ । साथै उहाँ नियमित चिकित्सकको निगरानीमा रहनुहुनेछ ।’ प्रधानमन्त्रीले त्यसपछि मात्रै आवश्यक सतर्कताका साथ आफ्नो नियमित र आवश्यक सबै कामहरु गर्नेसक्ने जनाइएको छ ।
अस्पतालका अनुसार फागुन २१ गते मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीको अहिले भिटल र ल्याब मारामिटरहरु राम्रो अवस्थामा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० फागुन २०७६, १९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले उद्घाटन गरे अनेरास्ववियुको महाधिवेशन
पैसा नभएकै कारण अस्पतालमा पुगेर उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छः प्रधानमन्त्री ओली
प्रधानमन्त्रीद्वारा जीवन विकास सामुदायिक अस्पतालको उद्घाटन
पर्वतारोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील छ: प्रधानमन्त्री ओली