काठमाडौं । पार्टी एकता घोषणाको पूर्वसन्ध्यामा राप्रपा र राप्रपा संयुक्तको बैठक बसेको छ । राप्रपाको बैठक पार्टी कार्यालय धुम्बाराही र संयुक्तको चाबहिलमा बसेको हो ।
शनिबार दुई राप्रपाबीच पार्टी एकता गर्नेसम्बन्धी १० बुँदे आधारपत्रमा हस्ताक्षर भएपछि बुधबार एकीकरण घोषणा हुँदैछ ।
एकीकरणअघि दुबै पार्टीको अन्तिम बैठक बसेको हो । राप्रपा संयुक्तको केन्द्रीय समिति र उपलब्ध जिल्ला सभापतिसहितको बैठकमा सहभागीहरुले पार्टी एकताको स्वागत गर्दै दुई पार्टी अब फुट्न नहुनेमा जोड दिए ।
यस्तै एकीकृत पार्टीको केन्द्रीय समितिमा महिलाको उचित प्रतिनिधित्व हुनुपर्ने, चुनाव चिन्ह हलो हुनुपर्ने, भ्रष्टाचारविरुद्ध लाग्नुपर्नेलगायतमा जोड दिएका थिए ।
उनीहरुले राष्ट्रियता र सीमानाका विषयमा पार्टी गम्भीर हुनुपर्नेमा जोड दिँदै नेकपा र नेपाली काँग्रेसले जनभावना अनुसार काम गर्न नसकेको अवस्थामा राप्रपाको लागि अवसर बन्नसक्ने धारणा राखे ।
सो अवसरमा बोल्दै राप्रपा संयुक्तका अध्यक्ष पशुपति शमशेर राणाले वडावडासम्म संगठन बनाएर गइने बताए । उनले अब पार्टी नफुट्ने पनि उद्घोष गरे ।
यस्तै अर्का अध्यक्ष प्रकाशचन्द्र लोहनीले पार्टी प्रजातान्त्रिक मूल्य मान्यताको आधारमा अघि बढ्ने स्पष्ट पारे । उनले पार्टी, भ्रष्टाचारविरुद्ध उभिने बताउँदै पार्टीमा दोस्रो पुस्ताको आकर्षण बढाउन कार्यक्रमहरु सञ्चालन गरिने पनि बताए ।
यसैगरी राप्रपाको अन्तिम बैठकमा अध्यक्ष कमल थापाले एकताको महत्व र आवश्यकताबारे चर्चा गर्दै पार्टीलाई एकताबद्ध ढंगले अघि बढाइनुपर्नेमा जोड दिए ।
यस्तै उनले राप्रपाको अध्यक्षको रुपमा विगतमा आफूलाई सहयोग गर्ने सबैप्रति आभार प्रकट गरे ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग