प्रधानमन्त्रीको उपचार प्रक्रिया कसरी अघि बढाउने भन्नेमा चिकित्सकहरुबीच छलफल

सफल खबर संवाददाता

बुधबार, २१ फागुन २०७६, १६ : २२
प्रधानमन्त्रीको उपचार प्रक्रिया कसरी अघि बढाउने भन्नेमा चिकित्सकहरुबीच छलफल

प्रतिकात्मक फोटो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोस्ट अपरेटिभ वार्डमा सारिएपछि चिकित्सकहरु छलफलमा बसेका छन् । प्रधानमन्त्रीको अबको उपचार प्रक्रिया कसरी अघि बढाउने भन्नेमा योजनामा बनाउन चिकित्सकहरु छलफलमा जुटेका हुन् । 

 मिर्गौला प्रत्यारोपणको नेतृत्व शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका प्रमुख प्रा डा उत्तमकुमार शर्मा र सोही विभागका वरिष्ठ सर्जन प्रा डा प्रेमराज ज्ञवालीले गरेका हुन् । 
यस्तै  ‘ब्याक सपोर्ट’मा भारतीय चिकित्सक अनन्तकुमार रहेका थिए । 

प्रधानमन्त्री ओलीको ०६४ मा पहिलोपटक भारतको दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराउँदा डा अनन्तकुमारले नै गरेका थिए । अहिले भारतीय डाक्टर अनन्तकुमार र नेपाली चिकित्सक टोलीबीचको छलफल भइरहेको हो ।

स्रोतका अनुसार प्रधानमन्त्रीको अपरेशन सफल भएपछि पनि उनलाई पहिलेकै अवस्थामा फर्काउन प्रभावकारी उपचार योजना चाहिन्छ । स्रोतका अनुसार अहिले प्रधानमन्त्रीको प्रत्यारोपण गरिएको मिर्गौलाको काम गरेको छ भने उनले पिसाव पनि गरेका छन् । तर ४ दिनसम्म उनको स्वास्थ्य अवस्था ‘रिस्क जोन’ मै रहने भएकाले चिकित्सकको विशेष निगरानीमा उपचार गर्न चिकित्सकहरु छलफलमा जुटेका हुन् । 

चिकित्सकहरुको बैठक सकिएपछि चित्रि शिक्षण अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे पत्रकार सम्मेलनमार्फत थप जानकारी दिनेछ । 

प्रतिक्रिया दिनुहोस