सामुदायिक बिद्यालयमा प्रभावकारी बन्दै दिवा खाजा, नगरपालिकाभित्रैको बिद्यालय पुग्न ३ घण्टा बढि हिड्नु पर्ने बाध्यता

प्रकाश सिग्देल

बुधबार, २१ फागुन २०७६, १२ : २१
सामुदायिक बिद्यालयमा प्रभावकारी बन्दै दिवा खाजा, नगरपालिकाभित्रैको बिद्यालय पुग्न ३ घण्टा बढि हिड्नु पर्ने बाध्यता

चितवन । राप्ती नगरपालिका– ११ थाकलटार स्थित श्री थाकलटार माध्यामिक बिद्यालयमा बिद्यालय खाजा कार्यक्रम लागु भएपछि बिद्यालयको पठन पाठन देखि विद्यार्थीको सहभागिता बढेर नियमित बन्न थालेको छ ।

बिगत ३ वर्ष देखि बाल  बिकास केन्द्र देखी कक्षा ५ सम्मका बिद्यार्थीका लागी बिद्यालयमै खाजा दिने गरी नेपाल सरकारको सहयोगमा खाजा कार्यक्रम लागु भएपछि बिद्यार्थीहरु बिद्यालयको कक्षा छाडेर दिउँसै घर जाने दर घटेको बिद्यालयका प्रधानाध्यापक सुनबहादुर मोक्तानले बताउनु भयो ।

दिवा खाजा नहँुदा साना साना कक्षाका बिद्यार्थीहरु बिद्यालय पनि कम आउने र आएपछि दिउँसो खाजा खान जाने भनि घरजाने र बिद्यालयमा नआउने अवस्था रहेकोमा अहिले बिद्यालयमै खाजा खान पाइने भएपछि बिद्यार्थीहरु खुसिले बिद्यालय आउने र बिद्यालयमा कक्षा छाडेर हिड्ने अवस्था नरहेको उहाँको भनाई छ । 

बालबिकास केन्द्र सहित कक्षा १० सम्म पढाई हुने यो बिद्यालयमा ४ सय ३८ जना बिद्यार्थी अध्ययनरत रहेको मोक्तानले बताउनु भयो । अहिले कक्षा ५ सम्मका २ सय ८५ जना बिद्यार्थीले दैनिक बिद्यालयमा खाजा खान पाएका छन् । प्रति बिद्यार्थी दिनको १५ रुपैया पर्ने गरी सरकारले बजेट दिने गरेको छ । साना उमेरका बिद्यार्थीका लागी बिद्यालयमै खाजा हुदा त्यसले पठक पाठनका लागी पनि निकै फाईदा पु¥याएको छ । 

यहाँको केही स्थान पहाडी भुभाग भएकाले विद्यार्थीहरु ३ घण्टा भन्दा बढि समय लगाएर विद्यालय पुग्ने गरेका छन् । अधिकांश विद्यालयमा बिपन्न अभिभावकका छोराछोरी अध्ययन गर्ने भएकाले घरमा पनि राम्रोसँग खान नपाउने र खाए पनि ३ घण्टाको बाटो आउदा भोक लागिसक्ने भएकाले बिद्यार्थीका लागी खाजा कार्यक्रमले निकै ठुलो सहयोग सावित भएको छ । बिद्यार्थीलाई दैनिक रुटिन मिलाएर कहिले तरकारी चिउरा, कहिले बिस्कुट त कहिले जाउलो खुवाउने गरिएको प्रअ मोक्तानले बताउनु भयो ।

बिद्यालयमा राप्ती नगरपालिकाको ११÷१२ र १ नम्वर वडाका बिद्यार्थी अध्ययनका लागी आउने गरेका छन् भने मकवानपुर जिल्लाको राक्सिरागं गाउपालिका वडा नम्वर ६ का बिद्यार्थीपनि अध्यानका लागी आउने गरेको मोक्तानले बताउनु भयो । राप्ती नगरपालिकाको सुरखण्डी भन्ने स्थानबाट यस बिद्यालयमा आउन बिद्यार्थीलाई ३ खण्टा समय लाग्ने मोक्तान बताउनु हुन्छ ।

बिद्यालय २०४१ सालमा स्थापना भएको हो भने बिद्यालयमा हाल २ कर्मचारी सहित १६ जना शिक्षक कार्यरत रहेका छन् । राज्यले शिक्षाको नाममा धेरै बजेट खर्चिएपनि भौगोलिक विकटता रहेका स्थानहरुमा अहिले पनि विद्यालयहरुको कमी छ । जसका कारण विद्यार्थीहरु घंटौ पैदल हिडेर विद्यालय पुग्नुपर्ने बाध्यता रहदै आएको छ । 

प्रतिक्रिया दिनुहोस