नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट ४ काँग्रेस चोकमा शनिबार राति सुनचाँदी पसलबाट ८० तोला सुन र ८ लाख नगद चोरी भएको छ ।
काँग्रेस चोकमा रहेको मोनिका सुनचाँदी पसलबाट ८० तोलाभन्दा बढीको सुन र ८ लाख नगद चोरी भएको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ । पसलबाट शनिबारराति ७० देखि ८० तोला सुन र ८ लाख नगद चोरी भएको पसलका सञ्चालक उमेश गहतराजले जानकारी दिए ।
राति नै पसलमा चोरी भएको भए पनि विहान पसल खोल्न आउँदा पसलमा चोरी भएको आफूले थाहा पाएको उनले बताए । इलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी निरीक्षक चन्द्र थापाले चोरी भएको पुष्टि गर्दै घटनाको अनुसन्धान भइरहेको बताए । थपाका अनुसार प्रहरीले चोरी भएको पसलमा रहेको सिसिटीभि र पुलचोक सहितको सिसीटिभी फुटेको निगरानीबाट घटनाको सुक्ष्म ढंगले अध्ययन गरिरहेको छ ।
सिसिटिभी फुटेजमा ३ जना युवाहरु मिलेर पसल चोरी गरेको र माक्स प्रयोग गरेको फेला परेको र सोहीको आधारमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । चोरी गरेर समान गरिएको ठेला बरामद गरे पनि चोरी भएको समान र चोर भने पक्राउ पर्ने सकेको छैन । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १९ फागुन २०७६, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल चोरीमा संलग्न एकजना ट्राफिक प्रहरीको नियन्त्रणमा
मोटरसाइकल चोरीमा संलग्न दुईजना प्रहरी नियन्त्रणमा
रुपन्देहीको एक सहकारीमा चोरी, सीसीटीभी समेत गायब
कीर्तिपुरमा नगद तथा सुनका गरगहाना चोरी
चाैतीस टन प्याज चोरी पैठारी गर्नेविरुद्ध मुद्दा दायर
टोखाबाट डेरा फोडेर करिब २ लाख बराबरको चोरी