अमेरिकी राष्ट्रपतिको भारत भ्रमण

ताजमहल अगाडि उभिएर यसरी फोटो खिचाए ट्रम्प दम्पतीले

एजेन्सी

मंगलबार, १३ फागुन २०७६, १६ : ४३
ताजमहल अगाडि उभिएर यसरी फोटो खिचाए ट्रम्प दम्पतीले

आगरा । भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको आगरास्थित प्रसिद्ध स्मारक ताजमहलको अवलोकन गरेका छन् । उनले ताजमहल अगाडि पत्नी मेलानियासँगै उभिएर तस्बिरसमेत खिचाए ।

अहमदाबादमा ओर्लिएर पहिले सावरमती आश्रम घुमेका ट्रम्प लगत्तै आगरा पुगेका हुन्। अहमदाबादमा ट्रम्पलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भव्य स्वागत गरेका थिए।

आगरामा ट्रम्प दम्पतीलाई नाचगानका साथ भव्य स्वागत गरिएको थियो। त्यहाँ उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका थिए।

त्यसपछि ट्रम्प दम्पतीले १७ औँ शताब्दीमा मुगल बादशाह शाहजहाँले रानी मुमताज महलको स्मृतिमा निर्माण गराएको सङ्गमरमरको ताजमहल भ्रमण गरेका थिए।

प्रतिक्रिया दिनुहोस