आफुले प्रयोग गरिहेको ‘नेपाल टेलिकम’ को सिमकार्ड कसको नाममा छ ? अन्य सुविधा सहित यस्तो छ थाहा पाईराख्ने तरिका...

सफल खबर संवाददाता

मंगलबार, १३ फागुन २०७६, ०९ : ४५
आफुले प्रयोग गरिहेको ‘नेपाल टेलिकम’ को सिमकार्ड कसको नाममा छ ?  अन्य सुविधा सहित यस्तो छ थाहा पाईराख्ने तरिका...

काठमाडौं । सुचना प्रविधिको युग छ । प्रविधिले गर्दा विश्वको परिवेश नै सांघुरिदै छ । त्यसमा पनि अति आवश्यक जस्तै बनेको छ, मोबाइल । तपाई हामी प्रायः सबैसँग मोबाइल छ । तर आफूले प्रयोग  गरिरहेको त्यो मोवाइल आफ्नै नाममा छ, भन्ने छैन  ।

कतिपय मोवाइल अरुबाट पनि लिएर हामीले प्रयोग गरिरहेका हुन्छौ । नेपालमा मोबाईल प्रविधि भित्रिदैं गर्दा शुरुमा हामीले जो कसैको नाममा भएको सिमकार्ड प्रयोग गर्यौ । त्यो अहिले पनि हामी कतिपयसंग छ, होला ।

तर त्यस्ता अरुको नाममा सिमकार्ड असल नियत नभएका मानिसको पनि हुन सक्छ, यदि त्यस्तो हो भने फसिने डर पनि हुन्छ । यस्तो अवस्थामा तपाई आफूले चलाइरहेको मोबाइल कसको नाममा छ भन्ने थाहा पाउन जरुरी छ । कसरी पत्ता लगाउने कसको नाममा छ त सिमकार्ड ?  

मोबाइलको ब्यालेन्स थाहा पाउन *400# डायल गर्नुहोस । आफ्नो मोबाइल नम्बर थाहा पाउन *9# डायल गर्नुहोस । आफ्नो मोबाइल नम्बर कस्को नाममा छ थाहा पाउन *922# डायल गर्नुहोस । कल फरवार्ड गर्न *2198xxxxxxxx (फरवार्ड गर्न चाहेको नं.)# डायल गर्नुहोस । कल फरवार्ड Cancel गर्न ##002# डायल गर्नुहोस । Call Waiting सेवा सुचारु गर्न 43# डायल गर्नुहोस । Call Waiting सेवा Cancel गर्न #43# डायल गर्नुहोस ।

मोबाइलमा Friends and Family (FNF) सेवा सुरु गर्न पहिलो पटक FNFSUB98XXXXXXXX लेखेर 1415 मा SMS गर्नुहोस र अन्य ४ वटा नम्बर थप गर्न FNFADD*98XXXXXXXX लेखेर 1415 मा SMS गर्नुहोस । प्रिपेड मोबाइलबाट अर्को नम्बरमा ब्यालेन्स ट्रान्सफर गर्न *422SECURITY CODE98XXXXXXXXRs..# डायल गर्नुहोस ।

आफ्नो पोस्टपेड मोबाइल तथा ल्याण्डलाइन टेलिफोनको मासिक बिल, बाँकि रकम, अग्रिम रकम आदि हेर्न www.http://gsmbl.ntc.net.np/ मा login गर्नुहोस ल्यान्डलाइन को लागि AC Number (मासिक महशुल तिरेको बिलमा लेखेको हुन्छ) र मोबाइलको लागि PUK नम्बर राखेर हेर्न सकिन्छ ।

आफ्नो मोबाइल नम्बरको Security Code प्राप्त गर्न SCODE लेखेर र PUK Code प्राप्त गर्न PUK लेखेर 1415 मा SMS गर्नुहोस। पोस्टपेड मोबाइलमा ISD सुबिधा थप्न #3310000# डायल गर्नुहोस र सुबिधा हटाउन 3310000# डायल गर्नुहोस । डाटा प्याक तथा भ्वाइस प्याक सम्बन्धि नयाँ Offer थाहा पाउन *1415# डायल गर्नुहोस ।

Data Pack खरिद गर्न *1415*1# डायल गर्नुहोस र Voice Pack खरिद गर्न *1415*4# डायल गर्नुहोस । बाँकी डाटा र भ्वाइस प्याक थाहा पाउन *1415*5# डायल गर्नुहोस । मोबाइलमा CRBT राख्न *1455# डायल गर्नुहोस र प्राप्त निर्देशन अनुसार गर्नुहोस अथवा CRBT Code छ भने SUB स्पेस CRBT Code लेखेर 1455 मा SMS गर्नुहोस ।

मोबाइलमा CRBT हटाउन UNSUB लेखेर 1455 मा SMS गर्नुहोस अथवा *1455# डायल गर्ने * लेखेर पठाउने, अनि 8 लेखेर पठाउने अनि अन्तमा सुनिश्चित गर्न 1 लेखेर पठाउनुस। नमस्ते CREDIT सेवा सुचारु गर्न – आफै हुन्छ र नमस्ते CREDIT सेवा बन्द गर्न STOP लेखेर 1477 मा SMS गर्नुहोस ।

Missed Call Alert (MCA) सेवा सुचारु गर्न 1400# डायल गर्नुहोस या sub mca लेखेर १४०० मा SMS गर्नुहोस Missed Call Alert (MCA) सेवा बन्द गर्न unsub mca लेखेर १४०० मा SMS गर्नुहोस । ल्याण्डलाइन टेलिफोनको तिर्नुपर्ने बिल रकम थाहा पाउन CB065XXXXXX (पुरा टे.न.)लेखेर 1415 मा SMS गर्नुहोस Due Amount भनेको तिर्नुपर्ने रकम हो Available Credit भनेको फोन गर्न मिल्ने बाँकी रकम हो ।

प्रतिक्रिया दिनुहोस