पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ४ जना विद्यार्थी पोखराबाट पक्राउ परेका छन् ।
समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका विद्यार्थीका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटालगायत ४ जनारहेका छन् ।
उनीहरुले पोखरा सभागृह गेटबाहिर कालो झन्डा देखाउने तयारी गर्दै नाराबाजी गरिरहेका बेला पक्राउ परेका हुन् । विद्यार्थीले निवर्तमान सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाको अडियो प्रकरण, यति होल्डिङ्सलाई सर्वजनिक जग्गा उपलब्ध गराएको, नेकपा सरकार भष्ट्राचारमा लिप्त भएको लगायतका आरोप लगाउँदै नाराबाजी गरेका थिए ।
प्रधानमन्त्री ओलीलगायत नेता नेकपा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पोखरा सभागृहमा आएका हुन् ।
पोखरा सभागृहमा सोमबार र मंगलबार प्रशिक्षण र बैठक बस्दैछ । प्रशिक्षणमा करिब १६ सय सहभागी हुँदैछन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
इलाममा काँग्रेस लक्षित ओलीको प्रश्न-एउटा बाटो बनाउन नसक्नेले देश बनाउँछ ?
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता
दक्षिणपन्थी अवसरवाद जनमतबाट अस्वीकृत भए : केपी ओली
अनुमति बिना विदेश नजान सांसदहरूलाई ओलीको निर्देशन
म काँग्रेसमा नयाँ मुना पलाओस् भन्छु, तर मति बिगारिरहन्छ : केपी ओली
केपी ओली आज ओलाङचुङ्गोला जाँदै