काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महराको बारेमा अमेरिकाका दुई प्रसिद्ध सञ्चार माध्यम 'द न्यू योर्क टाइम्स' र 'लस एन्जल्स टाइम्स'ले प्राथमिकताका साथ समाचार छापेका छन् ।
दुवै सञ्चारमाध्यमले महराले बलात्कार आरोपबाट सफाइ पाएको उल्लेख गर्दै महराको छोटो जीवनीका बारेमा पनि जानकारी दिएका छन् ।
न्यू योर्क टाइम्सको अनलाइन संस्करणमा भनिएको छ, 'अदालतले अभियोग दाबी पुग्ने कुनै आधार नभएको भन्दै सफाइ दिएको छ ।'
त्यस्तै लस एन्जल्स टाइम्सले नेपालका पूर्व सभामुखले बलात्कार अभियोगबाट सफाइ पाए भन्ने शीर्षकमा समाचार प्रकाशन गरेको छ ।
गत असोजमा महरा पक्राउ पर्दा पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले प्रमुखताका साथ समाचार प्रकाशन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ फागुन २०७६, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२० लाख धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा
पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश
सुन तस्करीमा संलग्न नभएको भन्दै कृष्णबहादुर महरा दिए इन्कारी बयान
कृष्णबहादुर महरालाई अदालत उपस्थित गराइँदै
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ