नयाँ वर्षसँगै श्रीसदन सर्वसाधारणका लागि खुल्ने

पत्रपत्रिकाबाट

मंगलबार, ०६ फागुन २०७६, ०७ : ४१
नयाँ वर्षसँगै श्रीसदन सर्वसाधारणका लागि खुल्ने

काठमाडौं । राजा वीरेन्द्रको वंशनाश भएको १८ वर्षपछि उहाँले प्रयोग गरेको निजी घर श्रीसदन सर्वसाधारणका लागि खुला हुने भएको छ।

नयाँ वर्षको दिन अर्थात् २०७७ साल वैशाख १ गते श्रीसदन खुला गर्न लागिएको हो। श्रीसदनसँगै हिट्लरले उपहार दिएको कार, बेलायत र नेपालमा मात्र रहेका राजपरिवारले चढ्ने बग्गी, दीपेन्द्र, श्रुति, निराजनले चढ्ने गाडीलगायतका सामग्री प्रदर्शनीमा राखिने भएको छ।

संग्रहालयले बिग्रिएका अवस्थामा रहेको सबै सवारीसाधन मर्मत गरी तयारी अवस्थामा राखेको छ। सोही दिनबाट संग्रहालय प्रशासनले गणतन्त्र स्मारक परिसरको शहीदको सम्झानामा निर्मित संग्रहालयसमेत खुला गर्ने भएको छ।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले श्रीसदन खोल्न सम्पूर्ण तयारी भइसकेको जानकारी दिए । नेपाल समाचार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस