काठमाडौं । अदालतले आफ्नो पक्षमा फैसला सुनाएलगत्तै कृष्णबहादुर महरा डिल्ली बजार कारागारतर्फ लागेका छन् । अब डिल्ली बजार कारागारले आवश्यक प्रक्रिया पूरा गरेर उनलाई रिहा गर्नेछ । महरालई प्रहरीले नै कारागार लगेको थियो ।
अदालत परिसरमा कुनै प्रतिक्रिया नदिएपनि उनी प्रसन्न मुद्रामा देखिन्थे । अदालतबाट बाहिरिने क्रममा उनले गेटबाट सबै शुभेच्छुकलाई मुस्कानसहित अभिवादन गरेका थिए ।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश अमरराज पौडेलको इजलासले आज महरालाई निर्दोष ठहर गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ फागुन २०७६, १५ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भ्रष्टाचार मुद्दामा कृष्णबहादुर महरासँग एक लाख रुपैयाँ धरौटी माग
२० लाख धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा
पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश
सुन तस्करीमा संलग्न नभएको भन्दै कृष्णबहादुर महरा दिए इन्कारी बयान
कृष्णबहादुर महरालाई अदालत उपस्थित गराइँदै
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ