अनेरास्ववियू र नेविसंघबीच झडप

सफल खबर संवाददाता

सोमबार, ०५ फागुन २०७६, १२ : ४१
अनेरास्ववियू र नेविसंघबीच झडप

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियू र नेपाल विद्यार्थी संघबीच झडप भएको छ । 

नेविसंघ महामन्त्रीका दीपक भट्टराईका अनुसार आज विहान भएको झडपमा अनेरास्ववियू नेताहरुको आक्रमणबाट नेविसंघका नेताहरु आविष्कार पौडेल, कुशल बस्नेत, सुमन खड्का घाइते भएका छन् ।

साथै अनेरास्ववियूका नेताहरु संगम देवकोटा, मुकेश कुँवर, धर्म न्यौपने पनि घाइते भएका छन् । उनीहरुलाई प्रहरीले पक्राउ गरेका छ । यता नेविसंघबाट पक्राउ पर्नेमा पुष्कर बास्तोला, संजिव ढकाल, सुनिल शर्मा, रामजी बस्नेत, उमेश गुरुङ, विपु खड्का रहेका छन् ।

प्रतिक्रिया दिनुहोस