‘अमेरिकन आइडल’ मा छानिए नेपाली युवा

सफल खबर संवाददाता

सोमबार, ०५ फागुन २०७६, ११ : २०
‘अमेरिकन आइडल’ मा छानिए नेपाली युवा

काठमाडौं । अमेरिकाको एक गायन रियालिटी शो अमेरिकन आइडल नेपालका युवा छानिएका छन् । विश्वकै सबैभन्दा ठूलामध्येको एक गायन रियालिटी शो अमेरिकन आइडल काठमाडौं निवासी दिवेश पोखरेल छानिएका हुन् ।

हलिउड प्रस्तुतीका लागि छानिएका उनी ५ वर्षअघि नेपालबाट अमेरिका गएका हुन् । हाल उनी अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका छन् । आईडलमा उनले अब  अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी बेरीको अगाडि प्रस्तुती दिनेछन् ।

हलिउड प्रस्तुतीका लागि उनी टप ४०मा छनौट भएका हुन् ।  आइतबार अमेरिकी च्यानल एबिसीबाट प्रसारण भएको पहिलो श्रृंखलाबाट उनी छानिएका हुन् । दिवेशले आर्थर गनको उपनामबाट गाउँदै आएका छन् । उनको प्रस्तुतीको जजहरुले पनि निकै प्रशंशा गरेका छन् ।

दिवेशले पहिलो पटक आफ्नी आमाबाट गितार पाएका थिए । त्यसपछि नै उनले गाउन थालेका थिए । प्रस्तुतीका क्रममा दिवेशले नेपालको सुन्दरताबारे मात्रै चर्चा गरेनन् । उनले नेपालीपन पनि प्रस्तुत गरिरहेका थिए । 

प्रतिक्रिया दिनुहोस