काठमाडौँ । पुर्पक्षका लागि जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा आज अन्तिम सुनुवाइ भइरहेको छ। संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा उनी यतिबेला पुर्पक्षका लागि जेलमा रहेका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलासमा आइतबार मुद्दाको सुनुवाइ भइरहेको छ। अहिले महरा पक्षका वकिलहरूले बहस गरिरहेको छन् । सरकारी वकिलको बहस यसअघि नै सकिइसकेको छ।
आजै फैसला हुन सक्ने स्रोतले जनाएको छ । यसअघि महराले आफूलाई जेल पठाउने जिल्ला अदालत काठमाडौंको फैसलाविरूद्ध पाटन उच्च अदालतमा निवेदन दिएका थिए। उच्च अदालतले जिल्लाको फैसलालाई सदर गरिदिएको थियो। उच्चले महिना दिनभित्र उक्त मुद्दाको अन्तिम टुंगो लगाउन पनि भनेको थियो। यौन दुर्व्यवहारको आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए । राजीनामा दिएपछि महरा पक्राउ परेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ फागुन २०७६, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश
सुन तस्करीमा संलग्न नभएको भन्दै कृष्णबहादुर महरा दिए इन्कारी बयान
कृष्णबहादुर महरालाई अदालत उपस्थित गराइँदै
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ