चुनावी प्रतिवद्धता

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको समृद्धि सपना

शनिबार, ०२ मंसिर २०७४, ०९ : ०६
पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको समृद्धि सपना

चितवन । पूर्वअर्थमन्त्री एवं चितवन क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुरेन्द्र पाण्डेले चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्दै समृद्धिको आफ्नो सपना प्रस्तुत गरेका छन् ।

चितवन क्षेत्र नम्बर एकका लागि पूर्वअर्थमन्त्री पाण्डेले आठ वटा महत्वाकांक्षी योजना अघि सारेका छन् । उनको पहिलो प्राथमिकतामा भण्डारा मलेखु सडक र टाँडी शक्तिखोर सडक परेका छन् । यसैगरी लोथरदेखि सौराहा, गोलाघाट, नारायणगढ, देवघाट, भोजाडहुँदै भण्डारासम्मको रिङरोड उनको अर्को योजना रहेको छ । सौराहामा अन्तर्राष्ट्रिय सभाहल र टिकौलीमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने उनको सपना छ ।

पूर्वअर्थमन्त्री पाण्डेले शिक्षातर्फ प्राविधिक महाविद्यालय, स्वास्थ्यतर्फ पूर्वीचितवनमा बाल अस्पताल र उद्योगतर्फ शक्तिखोर औद्योगिक क्षेत्र निर्माणलाई पूर्णता दिने योजना अघि सारेका छन् । यसैगरी पर्यटनतर्फ सौराहादेखि लोथरसम्म पर्यटन मार्ग, परेवाकोट पर्यटन क्षेत्र र राप्ती नगरपालिकामा पिपुल्स पार्क उनका थप योजना हुन् । वाम गठबन्धनको सरकार बनेमा अर्थमन्त्रीको दाबेदार मानिएका पाण्डेले आफ्नो चुनावी प्रतिवद्धतामा विकास निर्माणका कामलाई प्राथमिकतामा राखेका छन् ।

आफ्नो निर्वाचन क्षेत्रका लागि प्रतिवद्धतापत्र सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै नेता पाण्डेले निर्यातमुखी अर्थतन्त्रलेमात्र देशको विकास हुने धारणा सुनाए । आयात प्रतिस्थापनभन्दा पनि निर्यात बढाउने नीति लिएर काम गर्नुपर्ने उनको भनाइ थियो ।

आफ्नो निर्वाचन क्षेत्रका लागि प्रतिवद्धतापत्र सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै नेता पाण्डेले निर्यातमुखी अर्थतन्त्रलेमात्र देशको विकास हुने धारणा सुनाए । आयात प्रतिस्थापनभन्दा पनि निर्यात बढाउने नीति लिएर काम गर्नुपर्ने उनको भनाइ थियो । जलस्रोतको उपयोग गरेर बिजुली निकाली देशमा खपत गरेर बाँकी रहेको बिजुली निर्यात गरेर आम्दानी लिन सकिने उनको अवधारणा छ ।

प्रतिक्रिया दिनुहोस