काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्न लागेको हो ।
संघीय संसदका निमित्त महासचिव गोपालनाथ योगीका अनुसार बैठकमा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ’बिउ बिजन (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७६’ पेश गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरि बैठकमा गृहमन्त्री रामबहादुर थापाले ’कारागार विधेयक २०७६’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘कारागार विधेयक २०७६’ पेश गर्ने कार्यसूचीसंगै कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले ’पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७६’ लाई प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
प्रधानमन्त्री केपी ओलीले राष्ट्रियसभामा उत्पति भएको ‘संघ प्रेदश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक,२०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने र भौतिक पूर्वाधार तथा यातायात वसन्तकुमार नेम्बाङले राष्ट्रियसभामा उत्पति भएको ’नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ माघ २०७६, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै
प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी
प्रतिनिधिसभा निर्वाचन : काभ्रेका ८८ मतदानस्थल संवेदनशील
प्रतिनिधिसभा निर्वाचन : एक मतदातास्थल र १८ केन्द्र थप गरियो
प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ दललाई चुनाव चिह्न प्रदान
प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका